नैतिक दृष्टान्त – लेखनाथ पौड्याल
अनुष्टुपबडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत । छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।। गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन । बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।। दबिन्छ गुणिको दोष गुणका राशिमा परी । रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।। कसैको लोकमा छैन एकैनास समुन्नति…