←
Post
खै त गणतन्त्र?
आयो खै गणतन्त्र यो मुलुकमा हाम्रो कुनै खातिर?
नेताकै दिन फेरिए महलमा बस्ने भए आखिर
हो मूल्यांकन आज नै विगतको गर्ने गरौं यी सब
छन् सन्तान विदेशमा किन सधैं सोच्नुस् न आमा अब?
काण्डै काण्ड लुकाइयो मिलिजुली कप्लक्क जे पाइयो
मिल्छन् स्वार्थ निमित्त आज यसरी सिद्दान्त के चाहियो?
भ्रष्टाचार छ बारबार अझ यो देखेर बस्दा पनि
छन् आश्वासन आम माझ यिनका लाचार आफैं बनी ।
ओओ देश बनाउने समय भो ए देशवासीहरू
हो यो भ्रष्ट लडाउने समय हो ए देशवासीहरू
यो सन्देश जगाउने समय हो ए देशवासीहरू
बाटो सत्य समाउने समय हो ए देशवासीहरू ।
यो नेतृत्व छनोटको समय हो ए देशवासीहरू
हाम्रै भाग्य बनोटको समय हो ए देशवासीहरू
बन्नै पर्ने सचेतको समय हो ए देशवासीहरू
यो वैशिष्ट्य अठोटको समय हो ए देशवासीहरू॥🙏
Sep 23, 2026, 1:23 AM
0 replies
Replies
- No replies yet. Be the first to respond.
Sign in to leave a reply.