←
Post
नबोलेरै हुन्थ्यो हृदय बिचको बात जसरी
नखोलेरै पीडा महसुस, गरी साथ कसरी ?
दिदी बैनी नाता अटुट ममता साथ छ सदा
छ यो नाता प्यारो जनम जनमै खास छ सदा
सिकाइन् आमाले जुन विधि विधा पालन गरी
तिमी हिड्ने बाटो समथर रहोस् जीवन भरी
छ यो मेरो आशिष् अटुट शिरमा हात बहिनी
रहोस् नाता प्यारो जनम जनमै खास बहिनी
यहॅा हावाले नै मलिन पन बुझ्थ्यो सहजले
थिए माटो सॅगै परिचित नरोक्थे रहरले
लिई जाऊ सॅगै स्मरणहरू छन् जन्म घरको
उज्यालो छर्नेछौ वरपर सदा कर्म घरको
छोरी फूल समानकी घरभरी फुल्थ्यौ सदा फुल्नु है
जॅादैछौ अब कर्मको घर तिमी मुस्कानमा खुल्नु है
यस्तै रीत परम्परा चलन यो स्वीकार तिम्ले गर
कर्मैको घरमा पुगेर सबमा सद्भाव धेरै भर
जोडी सुन्दर छन् सरू र हरिको देखौं सदा सुन्दर
पाऊ देख्न सदा सदा सफतला राम्रो भएको घर
हुन् सूचू र मनोजको पनि सधैं एकै भएको मन
बैनी ज्वाइ छ कामना सुखद होस् दाम्पत्यको जीवन
हुन्छन् सुन्दर ता सजाउन सके तस्वीर जो फ्रेममा
ती लैला मजनू ,मुना मदनका जोडी बनून् प्रेममा
एकै लक्ष्य र चाहना पनि उही हुन् साथ यौटै मन
मेरो यो शुभकामना सुखद होस् दाम्पत्यको जीवन
फुल्छन् फूल ,चुमेर प्यार जलले सौहार्द गोडेपछि
मायाको लहरो छ फैलिरहने सम्बन्ध जोडेपछि
जिम्मेवार बनी निभाउन सकून् दायित्व आफ्नोपन
मेरो यो शुभकामना सुखद होस् दाम्पत्यको जीवन॥
-- दिदी सविना रेग्मी
बहिनी-ज्वाइ लाई शुभकामनाFacebook
Sep 23, 2026, 1:32 AM
0 replies
Replies
- No replies yet. Be the first to respond.
Sign in to leave a reply.