←
Post
अस्तित्व
अस्तित्व हाम्रो ,पहिचान हाम्रो
छाती फुलाई गुणगान तिम्रो
यो एक मात्रै हकदार् भनेको
यो देश तिम्रै प्रणले बनेको
भिन्नै छ पाटा तर एक सिक्का
तिम्ले बनायौ जब एक ढिक्का
हौ एकताका प्रतिमूर्ति एक
तिम्रै प्रतिक्षा गरिबस्छ देश।
यी देशद्रोहीहरुका कुराले
हान्दैछ आफ्नै मुटुमा छुराले
बेचेर आमा , बदलेर भेष
तिम्रो निजी वैभव हैन देश।
Sep 23, 2026, 1:25 AM
0 replies
Replies
- No replies yet. Be the first to respond.
Sign in to leave a reply.