←
Post
बुढो सर - सबिना रेग्मी
बुढो सर
सानैदेखि बुबाको स्कूल हेर्ने खुब रहर थियो तर बुबाको स्कूल हुने दिन आफ्नो पनि स्कूल पर्ने ,दुरिले पनि टाढा हुनाले त्यो इच्छा एस् एल सी परीक्षा दिएपछी मात्र पूरा भयो ।बुबाले जिन्दगी बिताउनु भएको स्कूल ,कौतीमाथिको ठाडो बाटो ,बस्तीकम जंगल र भिर ज्यादा , बैशाख जेठको घाम , भन्ज्यांड० पछिको उकालो ,ओरालो कतै तेर्सो ,कतै साघुरो भीरको बाटो पार गर्दै करिब साडे २ घन्टा हिडेपछी सानो बस्तीदेखि माथि डाडामा रहेको बुबाको स्कूल पुगियो ।स्कूलपुग्दा बच्चाहरू आगनमा बुढोसर आउनुभयो भन्दै नाचिरहेका थिए।उमेरमै दारी कपाल फुलिसकेकाले होलान् बुबालाई सबैले बुडो सर भन्दा रहेछन् । एकदिन ठुलो बुवा स्कूल नजिकको गाउमा पुग्नुहुदा सबैले बुडा मास्टरको भाइ हो भने भनेर कुरा गर्नुहुन्थ्यो ।
मलाई भने स्कूल पुग्दाको खुसी भन्दा अघि आएको बाटो बेलुका
कसरी फर्कने भन्ने पिर पर्न थाले । खुट्टाले आराम खोज्न थाले । बुबाले एकदिन खुट्टा दुख्यो भन्नुभएको सुनिएन , बाहरू आफ्नो दुख कसरी लुकाउन सक्दा रहेछन् । बुबाप्रति झनै श्रद्दा जाग्यो ।
थाकेको मुहार लिएर म अफिस कोठामा बसें बुबा हॅसिलो अनुहारले कक्षाकोठामा पस्नु भो ,बुबाको आवाजमा बाल कबिता सुनेपछी मलाई झ्यालबाट चिहाउन मन लाग्यो बच्चाहरु कैले बुबाको हात समाउथे र घुम्थे , पूरा नेपालीभाषा नजान्ने बच्चाहरू आधाआधि मातृभाषा मै बोलिदिन्थे ।कक्षा १ का बच्चाहरू कतिले उल्टो ‘क’ ‘ख’लेखेर देखाउन ल्याउथे बुबाले आहा !कति राम्रो अझै यस्लाई यतापट्टी बाट लेखे झनै राम्रो हुन्छ भन्दै सुल्टो सिकाउनु हुन्थ्यो । कक्षापछि मैले सोधे कैले नसुनेको बच्चाहरुको भाषा बुझ्नुहुन्छ ? बुवा भन्नुहुन्थ्यो बच्चाको अनुहार हेरेर भाव बुझिन्छ चिश्छल ,निष्कलंक निर्दोष ईश्वरको अर्को रूप हुन् बच्चाहरू यिनीहरूको सबै कुरा बुझिन्छ। अनि उल्टो लेख्नेलाई नि किन राम्रो भन्नुभएको नि ? बल्लबल्ल स्कूल सम्म आएर कलमकापी समाएका बच्चाले कोर्न सक्नुपनि ठुलो कुरा हो उनीहरूको खेल्ने उमेर हो ,यो भएन उल्टो भो भन्यो भने फेरि लेख्ने जागर हुदैन कति खुसी हुदै देखाउन ल्याएका छन् हामी ठुलो मान्छेलाई त हौसलाले जागर बढ्छ भने बच्चाहरूलाई डरले होइन माया र हौसलाले सिकाउन सकिन्छ ।
त्यो जमाना अर्कै थियो बच्चाहरूलाई धेरै माया गरे पलापिन्छन् भन्ने ,बच्चाहरूलाई उनीहरूलाई मननपर्ने नाम काडेर बोलाउने , गाउमा सबैको अर्को नाम हुन्थ्यो जुन गाली गर्दा प्रयोग हुन्थे ।हामीहरूले स्कूलमा हिसाब बिगार्दा ,स्पिलिंड०मिस्टेक गर्दा धेरै कुटाई खायौं , ऐलेजस्तो बालबालिका हक अधिकार थिएन ।
त्यो जमानामा पनि बाल मनोविज्ञान ,बच्चालाई गालीले होइन तालीले सिकाउने,विद्यार्थीसॅग साथीजस्तो सम्बन्ध ,सकारात्मकताले भरिपूर्ण मेरो बुबा बिद्यार्थीको मात्र नभई अभिभावकको पनि प्यारो बुढो सर हुनुहुदो रहेछ भन्ने कुरा बाटोमा भेटिने अभिभावकको कुरा र श्रद्दाले थाहा पाए ।
त्यसदिन मैले बुवाको स्कूल मात्र देखिन विकट गाउ ,असिक्षित समाज ,बच्चाहरूलाई सधै स्कूल आउने वातावरण वनाउन एउटा शिक्षकले खेल्न सक्ने भूमिका देखें, साना साना बच्चाहरूको आखामा भविष्य देखेका,काधमा जिम्मेवारी बोकेका शिक्षकहरू आफ्नो थकान र कष्ट क्षणभरमै भूलिदिन सक्दारहेछन् भन्ने देखे।
एउटा शिक्षक विद्यार्थीको त्यतिसम्म प्यारो बन्न सक्दोरहेछ भन्ने देखें ।अनि सोचें विद्यार्थीको भावना बुझेर शिक्षण गर्ने, बालबालिकाको मनोभाव बुझेर मायालु वातावरणमा रमाइलो तरिकाले शिक्षण गर्ने बुढोसर सबै बालबालिकाले पाइदिए कस्तो हुदो हो?इमान्दारिताको प्रतिमूर्ति आदरणीय बुबा हजुरले जस्तै असल कर्म गर्न सकू ,आफ्नो कर्मक्षेत्रमा सबैको प्यारो बन्न सकूं ,हजुरले देखाउनु भएकोबाटोमा हिड्न सकूं धेरै सम्झिएकी छु ।😘🙏🙏
Sep 23, 2026, 1:27 AM
0 replies
Replies
- No replies yet. Be the first to respond.
Sign in to leave a reply.